काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक लाख ८७२ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्।
देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।
२४ घण्टामा ५ हजार ३६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९१हजार २ पुगेको छ।
आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २९८ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।