काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।
आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६जना संक्रमितको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।