• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन तोकिएन कांग्रेस महाधिवेशनको नयाँ मिति?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ४, २०७७  १५:२३
1140x725

काठमाडौं- महाधिवेशन फागुनमा नहुने टुंगोमा पुगे पनि नयाँ मिति तोक्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ। संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला फागुनमा महाधिवेशन हुन नसक्नेमा निचोडमा पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यतालिका कार्यान्वयनमै समस्या रहेको बताउँदै आएको छ। फागुन ७ देखि १० सम्म कांग्रेसको १४औं महाधिवेशन मिति निर्धारण गरिएको थियो।

महाधिवेशनका लागि प्रारम्भिक कार्य संगठन समायोजन हालसम्म सकिएको छैन। बारा,सप्तरी र सिन्धुपाल्चोकको संगठन समायोजन सकिएको छैन। बारा र सप्तरीले नामावली पठाएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सिन्धुपाल्चोकको संगठन समायोजन सक्न निर्वाचन समितिलाई हम्मेहम्मे परेको छ। केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति विकास लामाको विवादले समायोजन टुंगिन सकेको छैन। बस्नेत संस्थापन र लामा इतरपक्षका भएकै कारण विवाद बढेको बताइएको छ। जिल्लाबाट लामाले पठाएको नाममा बस्नेतले आपत्ति जनाएपछि समायोजनको कार्य अड्किएको हो। 

निर्वाचन समितिले समायोजनको कार्य एक साता भित्रमै सक्ने घिमिरेले बताए। साउन १० गतेसम्मका लागि अन्तिम समयावधि दिइएको समितिले समायोजनको कार्यलाई पूर्णता दिन सकेको छैन।

कार्तिक २८ मा बसेको केन्द्रीय समिति बैठकमा नयाँ कार्यतालिकाका सन्दर्भमा छलफल भएपनि निर्णय भने गरिएन। पौडेल नयाँ कार्यतालिका सार्वजनिक गर्ने पक्षमा नदेखिएपछि क्रियाशील सदस्यता नवीकरण र वितरणको टुंगो लगाउने निर्णय गरिएको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘उहाँहरु (पौडेल पक्ष)ले क्रियाशील सदस्यताको नवीकरण र वितरणको कार्यतालिका मात्रै तोक्यौं भन्नुभयो,’ नेता महतले भने, ‘फागुनमा हुने गरि तोकिएको मितिलाई अहिले नचलाऔं भनेकाले अरु निर्णय भएन।’

महाधिवेशन फागुनमा हुन नसक्ने पौडेल पक्षलाई अवगत भएपनि क्रियाशील सदस्यताको मुद्दामा मात्रै उक्त पक्षले उठाएको महतले बताए।

भदौ मसान्तसम्म क्रियाशील सदस्यता वितरण/नवीकरणको कार्यतालिका बनाइएपनि कार्यान्वयन हुन सकेको थिएन। कार्यतालिका प्रभावित बन्नुमा कोरोना र पार्टी भित्रको विवाद कारण बनेका थिए। भदौ मसान्तसम्म कुनै पनि जिल्लाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सम्पन्न गर्न सकेका थिएनन्। निर्धारित कार्यतालिका प्रभावित बनेपछि २८ कार्तिकको बैठकले मंसिर मसान्तसम्म नवीकरणको सूची तयार गर्ने निर्णय गरेको छ। मंसिर महिना भित्र क्रियाशील सदस्यता वितरण र नवीकरण अनिवार्य सकेर सूची केन्द्रलाई पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिइएको छ।

Xtrem
Xtrem

क्रियाशील सदस्यता टुंगाउने गरी तोकिएको कार्यतालिका प्रति सिटौल पक्ष असन्तुष्ट बनेको छ। महाधिवेशन सर्ने निश्चित भइसकेकाले नयाँ मिति सहितको पूर्ण कार्यतालिका ल्याउनुपर्ने सिटौलाको जोड छ।

‘फागुनमा महाधिवेशन हुन सक्ने अवस्था देख्दिनँ। महाधिवेशनको मिति नतोकेपछि अन्योल पनि भयो। शंका उपशंका बढ्छ,’ नेता सिटौलाले भने, ‘बैसाखको अन्तिम वा जेठमा तोकौं भनी मैले आफ्नो कुरा राखें। उहाँहरु (सभापति र पौडेल पक्ष) ले मान्नुभएन।’

दुवै पक्षले फागुनमा महाधिवेशन हुनसक्ने दाबी गरेको सिटौलाले बताए। सिटौलाको बोलीको खण्डन गर्दै संस्थापन पक्षका नेता महतले फागुनमा महाधिवेशन हुन नसक्नेमा ढुक्क रहेको बताए। 

महाधिवेशन फागुनमै ‘गर्न सकिने र फागुनमा गर्नै सकिन्न’ भनि नेताहरु विभाजित भएका छन्। संस्थापन पक्षले महाधिवेशनको मिति पटक पटक सार्नुभन्दा अन्तिम समय भदौलाई तोक्ने पक्षमा छ। पौडेल पक्ष हाल तोकिएकै मितिमा महाधिवेशन हुने गरि कार्यतालिका परिमार्जन हुनुपर्ने अडानमा छ। पौडेल निकट नेता नवीन्द्रराज जोशीले तोकिएको कार्यतालिका अनुसार कार्य नभए महाधिवेशन सारेपनि हुन नसक्ने बताए। उनले भने, ‘कार्यतालिका परिवर्तन गरिरहने,काम नगर्ने गरेर हुन्छ र? काम गर्दागर्दै समय नपुगेर सार्नु भिन्नै कुरा हो।’

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:२३
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार बसेको मन्त्रिपरषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा सोमबार प्रतिवेदन पेस गर्दै शर्माले नेपाली राजनैतिक संस्कृतिमा भएको क्षयको यो सबैभन्दा दुःखद उद... सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्