• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन तोकिएन कांग्रेस महाधिवेशनको नयाँ मिति?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ४, २०७७  १५:२३
1140x725

काठमाडौं- महाधिवेशन फागुनमा नहुने टुंगोमा पुगे पनि नयाँ मिति तोक्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ। संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला फागुनमा महाधिवेशन हुन नसक्नेमा निचोडमा पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यतालिका कार्यान्वयनमै समस्या रहेको बताउँदै आएको छ। फागुन ७ देखि १० सम्म कांग्रेसको १४औं महाधिवेशन मिति निर्धारण गरिएको थियो।

महाधिवेशनका लागि प्रारम्भिक कार्य संगठन समायोजन हालसम्म सकिएको छैन। बारा,सप्तरी र सिन्धुपाल्चोकको संगठन समायोजन सकिएको छैन। बारा र सप्तरीले नामावली पठाएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सिन्धुपाल्चोकको संगठन समायोजन सक्न निर्वाचन समितिलाई हम्मेहम्मे परेको छ। केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति विकास लामाको विवादले समायोजन टुंगिन सकेको छैन। बस्नेत संस्थापन र लामा इतरपक्षका भएकै कारण विवाद बढेको बताइएको छ। जिल्लाबाट लामाले पठाएको नाममा बस्नेतले आपत्ति जनाएपछि समायोजनको कार्य अड्किएको हो। 

निर्वाचन समितिले समायोजनको कार्य एक साता भित्रमै सक्ने घिमिरेले बताए। साउन १० गतेसम्मका लागि अन्तिम समयावधि दिइएको समितिले समायोजनको कार्यलाई पूर्णता दिन सकेको छैन।

कार्तिक २८ मा बसेको केन्द्रीय समिति बैठकमा नयाँ कार्यतालिकाका सन्दर्भमा छलफल भएपनि निर्णय भने गरिएन। पौडेल नयाँ कार्यतालिका सार्वजनिक गर्ने पक्षमा नदेखिएपछि क्रियाशील सदस्यता नवीकरण र वितरणको टुंगो लगाउने निर्णय गरिएको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘उहाँहरु (पौडेल पक्ष)ले क्रियाशील सदस्यताको नवीकरण र वितरणको कार्यतालिका मात्रै तोक्यौं भन्नुभयो,’ नेता महतले भने, ‘फागुनमा हुने गरि तोकिएको मितिलाई अहिले नचलाऔं भनेकाले अरु निर्णय भएन।’

महाधिवेशन फागुनमा हुन नसक्ने पौडेल पक्षलाई अवगत भएपनि क्रियाशील सदस्यताको मुद्दामा मात्रै उक्त पक्षले उठाएको महतले बताए।

भदौ मसान्तसम्म क्रियाशील सदस्यता वितरण/नवीकरणको कार्यतालिका बनाइएपनि कार्यान्वयन हुन सकेको थिएन। कार्यतालिका प्रभावित बन्नुमा कोरोना र पार्टी भित्रको विवाद कारण बनेका थिए। भदौ मसान्तसम्म कुनै पनि जिल्लाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सम्पन्न गर्न सकेका थिएनन्। निर्धारित कार्यतालिका प्रभावित बनेपछि २८ कार्तिकको बैठकले मंसिर मसान्तसम्म नवीकरणको सूची तयार गर्ने निर्णय गरेको छ। मंसिर महिना भित्र क्रियाशील सदस्यता वितरण र नवीकरण अनिवार्य सकेर सूची केन्द्रलाई पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिइएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

क्रियाशील सदस्यता टुंगाउने गरी तोकिएको कार्यतालिका प्रति सिटौल पक्ष असन्तुष्ट बनेको छ। महाधिवेशन सर्ने निश्चित भइसकेकाले नयाँ मिति सहितको पूर्ण कार्यतालिका ल्याउनुपर्ने सिटौलाको जोड छ।

‘फागुनमा महाधिवेशन हुन सक्ने अवस्था देख्दिनँ। महाधिवेशनको मिति नतोकेपछि अन्योल पनि भयो। शंका उपशंका बढ्छ,’ नेता सिटौलाले भने, ‘बैसाखको अन्तिम वा जेठमा तोकौं भनी मैले आफ्नो कुरा राखें। उहाँहरु (सभापति र पौडेल पक्ष) ले मान्नुभएन।’

दुवै पक्षले फागुनमा महाधिवेशन हुनसक्ने दाबी गरेको सिटौलाले बताए। सिटौलाको बोलीको खण्डन गर्दै संस्थापन पक्षका नेता महतले फागुनमा महाधिवेशन हुन नसक्नेमा ढुक्क रहेको बताए। 

महाधिवेशन फागुनमै ‘गर्न सकिने र फागुनमा गर्नै सकिन्न’ भनि नेताहरु विभाजित भएका छन्। संस्थापन पक्षले महाधिवेशनको मिति पटक पटक सार्नुभन्दा अन्तिम समय भदौलाई तोक्ने पक्षमा छ। पौडेल पक्ष हाल तोकिएकै मितिमा महाधिवेशन हुने गरि कार्यतालिका परिमार्जन हुनुपर्ने अडानमा छ। पौडेल निकट नेता नवीन्द्रराज जोशीले तोकिएको कार्यतालिका अनुसार कार्य नभए महाधिवेशन सारेपनि हुन नसक्ने बताए। उनले भने, ‘कार्यतालिका परिवर्तन गरिरहने,काम नगर्ने गरेर हुन्छ र? काम गर्दागर्दै समय नपुगेर सार्नु भिन्नै कुरा हो।’

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:२३
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्