काठमाडौं– नेपालका युवा स्टार खेलाडी सन्दीप लामिछानेले चर्चित फ्रेन्चाइज लिग बिग बास लिग (बिबिएल) क्रिकेट होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन्।
सन्दीपले यो सिजनको बिग बास आफ्नो क्लबबाट खेल्ने होबर्ट क्लबले जानकारी दिएको छ। सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। यो सिजनका लागि भने सन्दीपलाई मेलबर्नले सम्झौता नविकरण नगरेपछि कुन क्लबबाट खेल्ने भन्ने टुंगो लागेको थिएन। औपचारिक रुपमा आज (बिहीबार) होबर्ट हरिकेन्सले सन्दीपले आफ्नो क्लबबाट बिग बास खेल्ने जानकारी दिएको हो।
होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफिथले सन्दीप प्रतिभाशाली खेलाडी भएको उल्लेख गर्दै प्रदर्शन पनि राम्रो हुने बताए। बिग बास डिसेम्बर १० तारिखदेखि सुरु हुँदैछ। बिग बासमा होर्बटले आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्ससँग डिसेम्बर १० तारिखमा प्रतिस्पर्धा गर्दैछ।
नोभेम्बर १० तारिखमा सम्पन्न इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पराजित गर्दै आइपिएलको उपाधि जितेको थियो। फाइनलसम्म पुग्दा पनि सन्दीपले भने यो पटकको आइपिएलमा एउटा पनि खेल खेल्न पाएनन्। बिग बासमा भने सन्दीपले खेल्न पाउने सम्भावना धेरै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।