काठमाडौं–अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट २ लाख ५० हजार १ सय ४० जनाको मृत्यु भएको हो। हालसम्म अमेरिकामा संक्रमितको संया १ करोड १४ लाख ९२ हजार ५ सय ९३ पुगेको छ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ ३४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ भने ८२ हजार २२ जना निको भएका छन्।
यस्तै, टेक्सासमा २० हजार १ सय ४७, क्यालिफोर्नियामा १८ हजार ४ सय ६, फ्लोरिडामा १७ हजार ७ सय ३१, न्युजर्सीमा १६ हजार ६ सय ५५ र इलिनोइसमा ११ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।
अमेरिकाका संक्रामक रोग विशेषज्ञ एन्थोनी फौसीले रोगप्रति सचेत हुनुपर्ने समयमा मुलुक गलत दिशातर्फ गएको उल्लेख गर्दै चिसो मौसम र मानिस जम्मा हुने क्रम बढेको बताए।
संक्रमण बढ्दै गएपछि न्युयोर्कमा बिहीबारदेखि विद्यालय बन्द गर्न आदेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।