बेइजिङ- कोभिड-१९ विरुद्ध चीनले विकसित गर्दै गरेको खोपले मध्य-चरणका परीक्षणहरूमा प्रभावकारी देखिएकाे छ। अनुसन्धानकर्ताहरूले याे खाेप प्रभावकारी देखिएको बताएका छन्।
चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही मानिसहरूलाई लगाइसकिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७ सय जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया निर्माण भएकाे पाइयाे।
युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने विवरणहरु सार्वजनिक भइरहँदा चिनियाँ खाेपबारे यस्ताे जानकारी आएकाे हाे।
अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन्। दसौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९०% भन्दा बढी नै प्रभावकारी देखिएको छ।
चिनियाँ खाेप ठूलो स्तरको परीक्षण पाकिस्तान, साउदी अरेबिया, रुस, इन्डोनेशिया र ब्रजिलमा भइरहेको छ।
अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६०,००० जनाले एउटा खोप लगाइसकेका छन्। चीनले निर्माण गरिरहेकाा पाँच भ्याक्सिन तेस्राे चरणकाे क्लिनिकल ट्रायलमा छन्।
गत हप्ता ब्रजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो। तर परीक्षणमा संलग्न एकजना स्वयंसेवीको मृत्युको सम्बन्ध खोपसँग नभएकाे पाइएपछि परीक्षण पुन: सञ्चालन गरिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।