काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
यो तथ्यांक अनुसार ९१ प्रतिशतभन्दा बढी कोरोनाका सक्रिय संक्रमित घरमा नै रहेको देखिएको हो। तर होम आइसोलेसनमा बसेकाहरूको उपचार तथा हेरचाहमा भने सरकारले चासो देखाएको पाइएको छैन।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।