काठमाडौं– देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियू र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियू र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा र १ जना भेन्टिलेटरमा , गण्डकी प्रदेशमा ७८ आइसियू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन्।
नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यू भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।