काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन्। यो देशभर भेटिएका कुल संक्रमितको ६७ दशमलव ५२ प्रतिशत हो। विगत २४ घण्टायता नेपालमा ५०२ जना कोरोना संक्रमित भेटिएका छन्।
काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १६ लाख १७ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार ३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा १ लाख ७९ हजार २४२ जना निको भएका छन्।
नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।