काठमाडाैं–गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको हो।
फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।