काठमाडौं- अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोर्डेनाले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ। बायो एन्ड टेक कम्पनीले विकास गरेको फाइजर भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको सार्वजनिक हुने बित्तिकै भ्याक्सिन बनाइरहेका कम्पनीहरूले प्रभावकारिता दर दाबी गर्ने होड नै चलेकव छ।
यसअघि रुसी कम्पनीले विकास गरिरहेको स्पुतनिक-५ पनि ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको थियो। तर यी कुनै पनि दाबीमा नियामक निकायले भने प्रमाणिकरण गरेको छैन। विश्व स्वास्थ्य संगठनले भ्याक्सिन विकासको तेस्रो चरण चलेको बताउँदै आएको छ।
मोर्डेनाले भने अबका केही सातामा नै भ्याक्सिन स्वीकृतिका लागि आवेदन दिइने बताएको छ।
फाइजर भ्याक्सिन स्टोर गर्न भन्दा मोर्डेना स्टोर गर्न सजिलो पर्ने बताइएको छ। मोर्डेनाका लागि माइनस २० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न सकिने बताइएको छ। फाइजर भ्याक्सिन स्टोर गर्नका लागि माइनस ७५ डिग्री सेल्सियस तापमान चाहिने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।