काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १९७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।