काठमाडौं- प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन्। सो अवधिमा ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको छ।
सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, तेह्रथुम र धनकुटामा ६/६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश बाहिरका तीन जना रहेका छन्।
प्रदेश १ मा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने अहिलेसम्म १७ हजार ९३१ निको भइसकेको मन्त्रालयले जनाएको छ।
गण्डकीमा २०५ जना सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा आज २०५ जना कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४÷१४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।