काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १४७७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।
नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।