• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफूलाई सहयोग गर्न वामदेवसँग ओलीको प्रस्ताव, वामदेवले भने- पहिले तपाईं सच्चिनुस्

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३०, २०७७  १४:१०
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता वामदेव गौतमसँग भेटघाट गरी सहयोग गर्न प्रस्ताव गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गौतमलाई बोलाएर पार्टीमा पछिल्लो पटक देखिएको विवादका विषयमा छलफल गर्दै आफू अप्ठेरो अवस्थामा पुगेकाले सहयोग गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेको गौतमको सचिवालयले जानकारी दिएको छ। 

नेता गौतमले भने त्यसबारे प्रधानमन्त्री ओलीबाट नै नेताहरूप्रति अपमानजनक व्यवहार भएकाले पार्टीमा वैमनश्यताको बीजारोपण भएको भन्दै त्यस्ता कदम सच्याउन आवश्यक रहेको बताएका थिए। प्रधानमन्त्री ओलीले गौतमसँग घण्टाभन्दा बढी समय छलफल गरेका थिए। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले गौतमसँग सुझाव समेत मागेका थिए। उपाध्यक्ष गौतमले पार्टीका बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए। प्रधानमन्त्रीले 'सहयाेग गर्नुस्' भनेर प्रस्ताव राखेपछि गाैतमले ओलीलाई पहिले 'तपाईं सच्चिन जरुरी छ' भनेर जवाफ दिएका थिए।

प्रचण्डले राखेकाे राजनितिक प्रतिवेदन फिर्ता हुनुपर्ने अनि छलफल सहजता हुने ओलीको भनाइ रहेको गौतमको भनाइ थियो।

'तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन। त्यो प्रतिवेदन आफै गौण हुन्छ,' प्रधानमन्त्रीलाई गौतमले दिएको प्रत्युत्तर उद्धृत गर्दै सुवेदीले नेपाल लाइभसँग भने, 'सबै विषय सचिवालय बैठकमा छलफल गर्न सकिन्छ। त्यहीबाट समाधान सजिलो हुन्छ।,'

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि शनिबार साँझ मात्र प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि पुगेका थिए।  शनिबार दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए। 

प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि पुगेका थिए। प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा कुराकानी गरेको स्रोतको दाबी छ।

राष्ट्रपतिले लगातार प्रधानमन्त्री ओलीलगायतका नेकपा नेताहरू भेटेर पार्टीमा हस्तक्षेप बढाएको भन्दै नेकपाकै केही नेताहरूले आलोचना गर्दै आएका छन्। पार्टीमा अप्ठेरो पर्नेबितिकै प्रधानमन्त्री ओली भने राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन्। यसअघि पनि पार्टीमा विवाद हुँदा प्रचण्ड र ओलीले राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री ओलीको इच्छाविपरीत शुक्रबार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदानप्रदानका शृंखला सार्वजनिक भएका थिए। सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भएपनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेका थिए। 

पार्टीमा गुटबन्दी गरेको, सरकार संचालनका प्रक्रियामा पार्टीसँग कुनै परामर्श नगरेको, भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका आरोप प्रधानमन्त्री ओलीमाथि लगाउँदै प्रचण्डले १९ पाने राजनीतिक प्रतिवदेन पेस गरेका थिए। 

यसअघि पनि गत शुक्रबार प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तिनै विषयको संकेत गर्दै तत्काल बैठक बोलाउन आग्रह गरेका थिए। त्यसपछि मंगलबार पाँचै जनालाई पत्र लेख्दै ओलीले आफूलाई पार्टी र सरकार संचालनमा सहयोग नगरेको आरोप लगाएका थिए। यसका साथै पार्टीको जिम्मेवारी पूरा नगरी गुटबन्दीमा लागेको समेत उनको आरोप थियो। 

शनिबारको बैठकमा नेताहरूलाई तिनै पत्र आदानप्रदान मात्र गरिएको थियो। बैठक मंसिर ३ गते पुनः बस्ने गरी सकिएको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १४:१०
  • #केपीओली
  • #वामदेव-गाैतम
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो
सम्बन्धित सामग्री
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ महासंघका महासचिव रामप्रसाद दाहालले समाचारमा चित्त नबुझेको विषयमा प्रचलित विधिअनुसार समाधान खोज्नुको सट्टा साइबर ब्यूरोमार्फत पक्राउ... शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकाम... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्