एजेन्सी–कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ७ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमितको संख्या १ करोड ७ लाख २७ हजार ८ सय ८५ पुगेको हो। त्यहाँ २ लाख ४४ हजार २ सय ७ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ८७ लाख २८ हजार ७ सय ९५ जना संक्रमित र १ लाख २८ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ।
ब्राजिलमा ५७ लाख ८१ हजार ५ सय ८२ जना संक्रमित भएका छन् भने १ लाख ६४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।
यस्तै, फ्रान्समा १९ लाख १५ हजार ६ सय ७७ संक्रमित र ४२ हजार ६ सयको मृत्यु भएको छ। यस्तै, रुसमा १८ लाख ६५ हजार ३ सय ९५ संक्रमित र ३२ हजार १ सय ५६ को मृत्यु, स्पेनमा १४ लाख ५८ हजार ५ सय ९१ संक्रमित र ४० हजार ७ सय ६९ को मृत्यु, बेलायतमा १३ लाख २१ हजार ३१ संक्रमित र ५१ हजार ३ सय ९६ को मृत्यु, अर्जेन्टिनामा १२ लाख ९६ हजार ३ सय ७८ संक्रमित र ३५ हजार ४५ को मृत्यु र कोलम्बियामा ११ लाख ८२ हजार ६ सय ९७ संक्रमित र ३३ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटको गलत अपडेटका कारण यसअघिको समाचार सच्याइएको छ। सं
यसअघि उक्त साइटमा यस्तो तथ्यांक अपडेट गरिएको थियो-

साइटले पछि यो तथ्यांक सच्याइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।