काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार १ सय ११ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाम ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ४, मोरङमा १०८, सोलुखुम्बुमा ३ र सुनसरीमा १०८ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय १९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४७, पर्वतमा ३, माग्दीमा २, लमजुङमा २, वागलुङमा ६ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नलवपरासीमा ७, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा २५, बाँकेमा ३३, रोल्पामा ७ र रुपन्देहीमा ४० जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको हुम्लामा १, दैलेखमा १, रुकुम पश्चिममा १, सल्यानमा २ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ११, कैलालीमा ४१, डोटी ९, दार्चुलामा ३, बझाङमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।