काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर ४ सय ७४ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ८७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६८ जना आइसियू र ६१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७१ जना आइसियू र १ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा, गण्डकी प्रदेशमा ६९ आइसियू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियू उपचाररत रहेका छन्।
यसअघि बिहीबार ४६०, बुधबार ४७७, मंगलबार ५००, सोमबार ४९४, आइतबार ४८०, शनिबार ४४१ जना आइसियू र भेन्टिलेटरमा उपचाररत थिए।
नेपालमा २ लाख ६ हजार ५ सय ५३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ६८ हजार १ सय २९ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय २ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।