फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ६८ हजार १ सय २९ जना संक्रमित उपचारपछि निको भएका छन्। आज ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ९३ हजार ८ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ९ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार २२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।