काठमाडौं- संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ४३ हजारभन्दा माथि पुगेको छ। यो कोभिड संक्रमण सुरू भएयताकै सबैभन्दा बढी संख्यामा भएको संक्रमण भएको सिएनएनले उल्लेख गरेको छ।
यो संख्या गर्मी मौसममा एक सातामा हुने संक्रमितको संख्याभन्दा ज्यादा हो। सिएनएनले यसअघिको सबैन्दा धेरै संक्रमित भएको गत १२ सेप्टेम्बरमा भएको संख्याभन्दा ३.५ गुणा ज्यादा रहेको उल्लेख गरेको छ।
‘अर्को हप्तामा एकैदिन २ लाखभन्दा ज्यादा मानिसमा संक्रमण फैलियो भने पनि यसमा अचम्म मान्नुपर्दैन।’ युनिभर्सिटी अफ मिन्नेसोताका सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एन्ड पोलिसीका निर्देशक माइकल ओस्टरहोमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।