काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। बिहीबार मन्त्रालयमा भएको छलफलपछि मन्त्री नेम्वाङले यस्तो निर्देशन दिएका हुन्।
देशकै महत्वपूर्ण राजमार्गको नारायणगढ–बुटवल खण्ड तोकिएकै समयमा सम्पन गर्न निर्देशन दिएका हुन्। उनले सम्बन्धित आयोजना हेर्ने अधिकारीलाई विश्वासनीय कार्ययोजना बनाएर आयोजनालाई गति दिन निर्देशन दिएका थिए।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपालप्रसाद सिग्देल, एडिबीका आयोजना निर्देशक दिपक श्रेष्ठलगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।