काठमाडौं- काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म तथ्यांकअनुसार २८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुगेको हो। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित छन्।
काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ भने सबै वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरका अधिकांश वडामा संक्रमण बढ्दो दरमा रहेको छ।
महानगरको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ३७ रहेको छ।
हाल ७ हजार ९ सय ८९ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेनमा १ सय ३४ र अस्पतालमा ५ सय १४ जना रहेका छन्।
संक्रमण बढ्दो क्रममा रहेका वडाहरु
महानगरका अधिकांश वडामा संक्रमित बढिरहेका छन्। महानगरको स्वास्थ्य शाखाले तयार पारेको तथ्याक अनुसार ९ वटा वडामा भने संक्रमण घट्दो क्रममा देखिएको छ।
यी हुन संक्रमण बढेका वडा
- वडा न २ लाजिम्पाट ४३१, मृत्यु ४
- वडा न ७ मित्रपार्क १२४०, मृत्यु ७
- वडा न ९ गौशाला १४३८, मृत्यु ४
- वडा न १० बानेश्बर १६१७, मृत्यु ८
- वडा न ११ त्रिपुरेश्वर १०४१, मृत्यु ७
- वडा न १२ टेकु ३६७, मृत्यु ४
- वडा न १३ कालिमाटी ११५२, मृत्यु ६
- वडा न १४ कलंकी १८६९, मृत्यु ८
- वडा न १७ खुसीबुँ ५६७, मृत्यु ६
- वडा न २० भीमसेनस्थान २५९, मृत्यु ५
- वडा न २२ संकटा २५५, मृत्यु ६
- वडा न २४ मखन १५९, मृत्यु ०
- वडा न २७ इनबहाल ४५६, मृत्यु ४
- वडा न २८ बागवजार ७२८, मृत्यु १
- वडा न ३० ज्ञानेश्वर ६२२, मृत्यु ६
- वडा न ३१ शान्तिनगर १३५०, मृत्यु ४
- वडा न ३२ कोटेश्वर २११३, मृत्यु ९
यी हुन् महानगरका हटस्पट
काठमाडौ महानगरका ३० वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १६ स्वयम्भुमा छन्। स्वयम्भुमा २२ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ। सँगै रहेको वडा नं १५ मा १८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। यो वडामा सबैभन्दा धेरै १८ संक्रमितले ज्यान गुमाएका छन्।
संक्षिप्तमा कोरोना
संक्रमित २८१९७
होम आइसोलेसन ७९८९
अस्पताल ५१४
संस्थागत आइसोलेनस १३४
संक्रिय संक्रमित ८६३७
निको १९३७८
मृत्यु १८२
कुन वडामा कति संक्रमित? ( कात्तिक २२ गतेसम्मको तथ्यांकका आधारमा )
- वडा न १ नक्साल ४६१, मृत्यु २
- वडा न २ लाजिम्पाट ४३१, मृत्यु ४
- वडा न ३ महारागञ्ज १३८१, मृत्यु ३
- वडा न ४ धुम्वाराही ११६०, मृत्यु १४
- वडा न ५ हाँडीगाउँ ५३६, मृत्यु ६
- वडा न ६ बौद्ध ९८८, मृत्यु ११
- वडा न ७ मित्रपार्क १२४०, मृत्यु ७
- वडा न ८ जयवागेश्वरी ५३१, मृत्यु ४
- वडा न ९ गौशाला १४३८, मृत्यु ४
- वडा न १० बानेश्बर १६१७, मृत्यु ८
- वडा न ११ त्रिपुरेश्वर १०४१, मृत्यु ७
- वडा न १२ टेकु ३६७, मृत्यु ४
- वडा न १३ कालिमाटी ११५२, मृत्यु ६
- वडा न १४ कलंकी १८६९, मृत्यु ८
- वडा न १५ स्वायम्भु १८८६, मृत्यु १८
- वडा न १६ बालाजु २२०९, मृत्यु ९
- वडा न १७ खुसीबुँ ५६७, मृत्यु ६
- वडा न १८ नरदेवी १६१, मृत्यु ३
- वडा न १९ कंकेश्वरी १५७, मृत्यु २
- वडा न २० भीमसेनस्थान २५९, मृत्यु ५
- वडा न २१ लगन २३८, मृत्यु ४
- वडा न २२ संकटा २५५, मृत्यु ६
- वडा न २३ ओमबहाल २३३, मृत्यु ३
- वडा न २४ मखन १५९, मृत्यु ०
- वडा न २५ नःघल २९६, मृत्यु ५
- वडा न २६ लैनचौर ११३६, मृत्यु ५
- वडा न २७ इनबहाल ४५६, मृत्यु ४
- वडा न २८ बागवजार ७२८, मृत्यु १
- वडा न २९ डिल्लीबजार १०४२, मृत्यु ४
- वडा न ३० ज्ञानेश्वर ६२२, मृत्यु ६
- वडा न ३१ शान्तिनगर १३५०, मृत्यु ४
- वडा न ३२ कोटेश्वर २११३, मृत्यु ९
- नखुलेको १०५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।