काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ।
मंगलबारसम्मकाे तथ्याकअनुसार ३८ हजार ३५ संक्रिय संक्रमित मध्य २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ८ सय ३८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ८ सय ५०, प्रदेश २ मा ९५२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ६०, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३२१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।