काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ। टस जितेर दिल्लीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेसँगै मुम्बईले बलिङको निम्तो पाएको छ। मुम्बईलाई पराजित गर्दै दिल्ली ऐतिहासिक उपाधि उचाल्ने लक्ष्यमा छ। तर यसअघिको लगातार तीन खेलको हारले दिल्लीका खेलाडी दबाबमा हुने छन्। मुम्बई भने दिल्लीलाई लगातार चार खेलमा पराजित गर्दै पाँचौं पटक उपाधि जित्न चाहन्छ।
पहिलो क्वालिफायर खेलमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा पुगेको थियो। दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा पुगेको टिम हो। दिल्लीले मुम्बईविरुद्धको पहिलो खेलमा ५ विकेटको हार ब्यहोरको थियो भने दोस्रो खेलमा ९ विकेटले हारेको थियो।
दिल्लीले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन। सनराइजर्स हैदरावादविरुद्ध खेलाएका खेलाडी नै प्लेइङ सेटमा छन्। मुम्बई इन्डियन्सले भने एक खेलाडी परिवर्तन गरेको छ। राहुल चाहारको स्थानमा जयन्त यादवलाई प्लेइङ सेटमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।