काठमाडौं- काठमाडौं उपत्यकामा मात्र हालसम्म ४२५ जना कोरोना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामा मात्र हालसम्म ४२५ जना संक्रमितको मृत्यु भएको देखिएको हो।
काठमाडौंमा सबैभन्दा धेरै २ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै ललितपुरमा ७२ र भक्तपुरमा ७३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
काठमाडौंमा हालसम्म ७४ हजार ३ सय ४४ जना संक्रमित भएका छन्। यीमध्ये ५७ हजार ३ सय ७८ जना उपचारपछि निको भएका छन्। काठमाडौंमा १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्।
भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ८ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २४ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन्।
ललितपुरमा हालसम्म १० हजार ५ सय ४७ संक्रमित भेटिएका छन्। यहाँ ८ हजार १ सय २५ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार ३ सय ५० जना उपचाररत छन्।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्। देशभर भेटिएका २ हजार ७ सय ३६ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।