• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आइपिएल फाइनल : भोको दिल्ली, सन्दीप हेरेरै फर्किने !

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २५, २०७७  ०८:२९
1140x725

काठमाडौं– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिबाट एक कदमपछि छ। पहिलो पटक फाइनलमा प्रवेश गरेको दिल्लीले मंगलबार राति (आज) मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ।

जारी आइपिएलमा दिल्ली कमजोर टिम नभए पनि मुम्बईसँग लगातार तीन खेलमा पराजित भएको छ। प्ले अफको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो। तर दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो। 

जारी आइपिएलमा दिल्ली यस्तो टिम हो, जुन दुई सय रन माथिको लक्ष्य तोड्न पनि सक्छ। नराम्ररी पराजित हुन पनि सक्छ। यो आइपिएलमा दिल्लीले गरेको प्रदर्शनले पनि त्यही भन्छ। सन्तुलन हुँदा उच्च प्रदर्शन हुने, ब्याटिङमा दुई सय रन भन्दा माथिको लक्ष्य पनि पूरा गर्ने र  ठूलो अन्तरले समेत हार्ने गरेको छ। लिग चरणको पाँच खेल बाँकी छँदै दिल्लीको १४ अंक थियो भने उसले मात्र दुई खेलमा हार ब्यहोरेको थियो। तर त्यसपछिका लगातार चार खेलमा हार्दा दिल्लीलाई प्लेअफमै पुग्न  सकस पर्‍यो। तर अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा परेर फाइनल प्रवेशको लागि मुम्बईसँग पहिलो क्वालिफायर खेलेको थियो। उक्त खेलमा दिल्ली  फेरि मुम्बईसँग ठूलो अन्तरले हारेको थियो। यसकारण दिल्ली मुम्बईभन्दा कमजोर देखिदै आएको छ।

दिल्लीको लक्ष्य ऐतिहासिक उपाधि
सर्वाधिक चार पटकको उपाधि विजेता मुम्बईलाई पराजित गर्दै दिल्ली उपाधि जितेर इतिहास बनाउन चाहन्छ। तर दिल्लीलाई सबैभन्दा ठूलो डर नै मुम्बई इन्डियन्सको ब्याटिङ हो। बलिङ पनि उत्तिकै किफायती छ। 

पहिलो खेलमा पाँच विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा भने मुम्बईसँग ९ विकेटले हारेको थियो। क्वालिफायरमा पनि ५७ रनको फराकिलो हार ब्यहोरेको दिल्ली हारको बदला लिने लक्ष्यमा छ। तर मुम्बईमाथि जित निकाल्न दिल्लीलाई सजिलो भने छैन। लगातार तीन खेलमा हार बेहोर्दा नै दिल्लीका खेलाडीमा मानसिक रुपमा पनि दबाब छ। यो मानसिक दबाब मुम्बईको लागि भने एउटा कडी हो, जुन पाँचौंपटक आइपिएलको उपाधि जित्ने राम्रो आधार बन्न सक्छ।

दिल्लीले ब्याटिङमा राम्रो गर्न सके जित निकाल्न सक्छ। तर मुम्बईबिरुद्ध दिल्लीको ब्याटिङ  लाइन हालसम्म चल्न सकेको छैन पहिलो खेलमा दिल्लीले १६२ रन बनाएको थियो। दोस्रो खेलमा भने ११० रन मात्रै बनायो। त्यस्तै, क्वालिफायरको खेलमा १४३ रन। यसकारण पनि दिल्ली हार्नुको मुख्य कारण ब्याटिङ नै चल्न नसक्नु हो भन्न सकिने आधार छ। दोस्रो क्वालिफायरमा हैदरावादविरुद्ध दिल्लीले ब्याटिङमा केही परिवर्तन गर्‍यो। ओपनर पृथ्वी शोलाई निकालेर सिमरन हिटम्यरलाई खेलायो। यस्तो गर्दा ओपनिङमा मार्कस स्टोइनिस र शिखर धवन आए। यो रणनीति दिल्लीको सफल पनि भयो। धवन र स्टोइनिसले ८६ रनको साझेदारी गर्दा सिमरनको प्रदर्शन तारिफयोग्य रह्यो। उनले २२ बलमा अविजित ४२ रन बनाए।

दिल्लीले फाइनलमा पनि यही सेटलाई मुम्बईविरुद्ध मैदानमा उतार्ने सम्भावना छ। यस्तो भएमा दिल्लीको ओपनिङमा शिखर धवन र मार्कस स्टोइनिसले गर्दा तेस्रो नम्बरमा कप्तान श्रेयस ऐयर आउने छन्। त्यसपछि सिमरन हिटम्यर, रिषव पन्त, अजिंक्या राहाने, अक्षर पटेलले फिनिसिङको भूमिका निभाउने छन्।

Ncell 2
Ncell 2

हेरेरै फर्किने भए सन्दीप


नेपालका सन्दीप लामिछानेका लागि आइपिएल अहिलेसम्मकै नरमाइलो प्रतियोगितामध्ये एक  बन्यो। यसअघि डेब्यु आइपिएलमा सन्दीपले तीन खेल खेल्न पाएका थिए। त्यसपछि दोस्रो सिजन उनले ६ खेल खेले। यो पटक भने फाइनल खेलमात्रै बाँकी छ। तर सन्दीपको सम्भावना निकै कम छ। 

फाइनलमा सन्दीपलाई खेलाउनका लागि उच्च लयमा रहेका कागिसो रबडा, मार्कस स्टोइनिस, सिमरन हिटम्यर र एनरिच नोर्ट्जेमध्ये एकलाई निकाल्नु पर्छ। मुख्य प्रशिक्षक रिक्की पोन्टिङ यस्तो जोखिम उठाउने अवस्थामा छैनन्। हैदरावादविरुद्ध खेलाएका बलरलाई नै फाइनलमा उतार्ने लक्ष्यमा पोन्टिङ हुनेछन्। तीव्र गतिको बलरको भूमिकामा कागिसो रबडा, एनरिच नोर्ट्जे र मार्कस स्टोइनिस हुनेछन्। स्पिनरमा रविचन्द्रन अश्विन, अक्षर पटेल र प्रविण दुबे हुनेछन्।

सन्दीप लामिछानेको लागि यो आइपिएलले नै आगामी अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगको भविष्य कोर्ने थियो। सन्दीपले पनि आइपिएल सुरु हुनुअघि ‘मेरो लागि यो आइपिएल महत्वपूर्ण हुनेछ’ भनेका थिए। सबैले सन्दीपले दिल्लीबाट सन्दीपले धेरै खेल खेल्न पाउँछन् भनेर अनुमान पनि थियो तर क्रिकेट विश्लेषकको मन जितेका उनले अष्ट्रेलियन प्रशिक्षक पोन्टिङ र टिमको विश्वास जित्न सन्दीपले सकेनन्। हुन त आइपिएल चलिरहेकै बेला लंका प्रिमियर लिगको ड्राफ्टबाट खेलाडी छनोट भयो। सन्दीप ड्राफ्टमा परे पनि उनलाई कुनै क्लबले अनुबन्धित गरेनन्। आइपिएलमा बेन्चमै बसेको प्रभाव भएको धेरैले विश्लेषण गरे पनि। डिसेम्बर १० तारिखबाट बिग बास लिग सुरु हुँदैछ। सन्दीपले यसअघि मेलबर्न स्टार्सबाट खेलेका थिए। तर यो पटक उनले बिग बास खेल्छन् या खेल्दैनन् निश्चित भएको छैन।

रवाफिलो मुम्बई
यता मुम्बई आइपिएलको बादशाह नै हो। पाँचौ पटक आइपिएलको उपाधि उचाल्ने लक्ष्यमा रहेको मुम्बई दिल्लीलाई पराजित गर्दै त्यो सपना पूरा गर्न चाहन्छ।

त्यसो त मुम्बईलाई रोक्न निकै गाह्रो छ। कप्तान रोहित शर्मा, क्विन्टन डि ककको जोडीले ओपनिङ थाल्दा, इशान किसान, सुर्यकुमार यादव, हार्दिक पाण्ड्या र केइरन पोलार्डको विष्फोटक ब्याटिङले दुई सय रन माथिको लक्ष्य दिन र पूरा गर्न सक्नेछ। मुम्बईको बलिङ पनि त्यत्तिकै राम्रो छ। जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, राहुल चाहार, क्रुनाल पाण्ड्या, जेम्स पटिन्सन लगायतको किफायती बलिङ दिल्लीका ब्याट्सम्यानको लागि महंगो सावित हुन सक्छ।

फाइनलसम्मको यात्रा तय गर्दा मुम्बईलाई खासै कठिन परेन। राम्रा खेलाडीलाई विश्राम दिँदै आरामदायी तरिकाले खेलेको मुम्बई उपाधि उचाल्नेमा ढुक्क छ। तर दिल्लीलाई कमजोर सम्झिनु मुम्बईलाई महंगो सावित हुन सक्छ। दिल्ली भोकाएको बाघ हो। जितको लागि जस्तो कठिन चुनौती पनि पार गर्न तयार भएर बसेको छ। दिल्ली लयमा हुँदा जस्तोसुकै टिमलाई हराउन सक्ने केही उदाहरण समेत पेश गरिसकेको छ। पछिल्लो खेलमा दिल्लीले लय पक्डिएको थियो र त्यही उच्च मनोकांक्षा सहित मैदानमा उत्रिनेछ।

त्यसो त, मुम्बई इन्डियन्सका श्रीलंकन प्रशिक्षक महेला जयवर्दने जति कुल देखिन्छन् त्यति नै उत्कृष्ट खेल उनको टिमले देखाइरहेको हुन्छ। दिल्लीलाई लगातार चौथो खेलमा पराजित गर्दै पाँचौं पटक मुम्बई आइपिएलको उपाधि उचाल्न चाहन्छ। दिल्ली भने मुम्बईलाई हारको बदला लिदै आइपिएलको ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा
सम्बन्धित सामग्री
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एक... आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ आज बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्