काठमाडौं- सरकारले कोरोना विरुद्ध खोप जिटुजी मार्फत् किन्ने भएको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएको अवस्थामा ती मुलुकका सरकारसँग जिटुजी प्रक्रियाबाट खोप किन्ने निर्णय गरेको हो।
'कोरोनाविरुद्धको खोप तयार भएको अवस्थामा जिटुजीबाट किन्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने। यसको समन्वय भने परराष्ट्र मन्त्रालयले गर्ने बताइएको छ।
विश्वमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ। मानिसमा प्रयोग हुने गरी खोप विकास गरी प्रयोगमा ल्याउन अझै केही समय लाग्न सक्ने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।