फाइल तस्बिर
काठमाडौं- सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरूको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि सबै मन्त्रीहरूको आधा तलव कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
'आजको बैठकले मंसिरदेखि सबै मन्त्रीहरूको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ,' ती मन्त्रीले नेपाल लाइभसँग भने।
यस्तै सरकारले कोरोना भाइरसविरुद्धको खोप पनि किन्ने निर्णय गरेको छ। ती मन्त्रीका अनुसार जुन देशको पहिला प्रयोगमा आउँछ त्यही खोप किन्ने निर्णय गरेको छ।
यस्तै बंगलादेशसँग पैँचोमा मल आउन नसकेपछि उसैसँग मल किन्ने निर्णयसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।