काठमाडौं– इंग्ल्यान्डका ब्याट्सम्यान जोनी बैरस्टवले बिग बास लिग क्रिकेट खेल्ने भएका छन्। उनले मेलबर्न स्टार्सबाट बिग बास लिग क्रिकेटमा डेब्यु गर्ने भएका हुन्।
मेलबर्नले विकेटकिपर ब्याट्सम्यान बैरस्टवलाई अनुबन्धित गरेको जानकारी दिएको छ। बिग बास डिसेम्बर १० तारिखदेखि सुरु हुँदैछ। तर ३१ वर्षीय बैरस्टव भने क्रिसमसपछि मात्रै टिममा सामेल हुने छन्। बैरस्टवले इन्डियन प्रिमियर लिग (आइपिएल) सनराइजर्स हैदरावादबाट खेलेका थिए। उनले आइपिएलमा ११ खेलबाट तीन अर्धशतकसहित ३४५ रन बनाएका थिए।
मेलबर्न स्टार्सका मुख्य प्रशिक्षक डेविड हसी टिमका लागि बैरस्टव एक महत्वपूर्ण विकेटकिपर ब्याट्सम्यान भएको बताएका छन्। मेलबर्न स्टार्सले डिसेम्बर ११ मा ब्रिसबेन हिटसँग प्रतिस्पर्धा गर्दैछ।
वैरस्टवले टि–२० क्रिकेटमा १३३ खेलबाट दुई हजार ८८६ रन बनाएका छन्। जसमा दुई शतक र १४ अर्धशतक सामेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।