काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ८१ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार आज ११ हजार १ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ९ सय ६७ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार १ सय ७४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।