काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ। सोमबारका लागि बोलाइएको बैठक २७ गते बस्ने गरी सारिएको हो।
उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेकाले बैठक सार्नुपरेको सह महामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।
निधि र सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बैठक सारिएको महतले बताए। पार्टीभित्रको विवाद अन्त्य नहुँदा २१ कात्तिकको बैठक सोमबारलाई सारिएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।