• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमित मृतकको तथ्यांक स्वास्थ्य मन्त्रालयको भन्दा ६ सय बढी!

कल्पना पौडेल आइतबार, कात्तिक २३, २०७७  १८:२०
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित मृतकको तथ्यांक अद्यावधिक गर्दा होम आइसोलेसनमा मृत्यु भएकाहरूलाई समावेश नगरेको पाइएको छ। नेपाली सेनाले तयार पारेको तथ्यांकसँग मन्त्रालयको तथ्यांक नमिलेपछि मन्त्रालयले गठन गरेको समितिले यस्तो निष्कर्ष निकालेको हो। 

कोरोना संक्रमणपछि मृत्यु भएकाहरूको तथ्यांक फरक परेपछि छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिले शुक्रबार बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ। 

समितिले मन्त्रालय र नेपाली सेनाबीच कोरोना संक्रमितको शव व्यवस्थापनमा तालमेल र समन्वय नभएको भन्दै समन्वय गर्नसमेत सुझाव दिएको छ।  समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा मृतकको संख्याबारे मन्त्रालय र सेनालाई उपलब्ध हुने सूचनामा एकरुपता ल्याउनसमते सुझाव दिइएको छ। 

'मन्त्रालयको तथ्यांक वास्तविकभन्दा ६ सय कम'
कोरोना संक्रमित मृतकको शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाको तथ्यांकअनुसार कोरोना संक्रमित मृतकको संख्या मन्त्रालयको तथ्यांकमा उल्लेख भएको भन्दा करिब ६ सय बढी छ। 

मन्त्रालयमा स्वास्थ्य संस्था र अस्पतालमा मृत्यु हुने संक्रमितको मात्र तथ्यांक आउने भएकाले सेनाको भन्दा कम देखिएको हो। नेपाली सेनाले भने होम आइसोलेसन र संस्थागत आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गर्ने र सोही अनुसार तथ्यांक अद्यावधिक गर्दै आएको छ। 

मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जबकि नेपाली सेनाको तथ्यांक मन्त्रालयको भन्दा ६ सय बढी रहेको समितिले शुक्रबार बुझाएको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले संक्रमितलाई होम आइसोलेसनमा बस्ने अनुमति दिएपनि उनीहरुको स्वास्थ्य अवस्था र मृत्युबारे चासो नदिँदा कोरोना संक्रमितको मृत्यु कम देखिएको बताइएको छ। 

नेपाली सेनाले सबै कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्न कोरोना पोजिटिभ भएको प्रमाण र वडाको सिफारिस अनिवार्य भएकाले सेनाको तथ्यांक मन्त्रालयको भन्दा विश्वासनीय देखिएको समितिका एक सदस्यले बताए। स्थानीय तहबाट मृतकबारे जानकारी गराउँदा मन्त्रालय र सेनाबीच रेकर्ड राख्ने प्रभावकारी एकद्वार प्रणाली लागू गर्न सुझाव दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे र सिसिएमसीका प्रतिनिधि डा अरुण न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। 

आफूहरुले शुक्रबार प्रतिवेदन बुझाएको जानकारी दिँदै समितिकी संयोजक रेग्मीले भनिन्, ‘हामीले शुक्रबार नै प्रतिवेदन बुझाएका छौं। होम आइसोलेसनमा मृत्यु हुनेको तथ्यांक मन्त्रालयले नराख्दा सेना र मन्त्रालयको तथ्यांक फरक परेको देखिएको छ।’ संक्रमितको उपचार, आइसोलेसन व्यवस्थापन लगायतका विषयमा ध्यान दिँदा मन्त्रालयले मृतकको रेर्कड दुरुस्त राख्न नसकेको हुन सक्ने उनले बताइन्।

समितिले कात्तिक १५ गतेसम्म प्रतिवेदन बुझाउने गरी समय पाएको थियो। तर, काम नसकिएपछि कात्तिक २१ गते शुक्रबार मात्र समितिले प्रतिवेदन बुझाएको हो। 

स्वास्थ्य मन्त्रालय, नेपाली सेना र प्रदेश सरकारको कोरोना संक्रमितको मृत्युको तथ्यांकमा विवाद भएपछि मन्त्रालयले त्यसबारे छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशका सामाजिक विकास मन्त्रालयहरूले भने कोभिड व्यवस्थापन र तथ्यांक राख्ने सन्दर्भमा संवेदनशील रुपमा काम नगरेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ। मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोरोना फोकल पर्सन डा महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘नेपाली सेनाको तथ्यांक मन्त्रालयको भन्दा फरक छ। मन्त्रालयमा अस्पताल र स्वास्थ्य संस्थाबाट रिपोर्ट भएको तथ्यांक मात्र आउँछ। सेनाले पनि कोरोना भएको रिपोर्ट, वडाको सिफारिसबिना शव व्यवस्थापन गर्दैन। त्यसैले धेरै हदसम्म सेनाको रिपोर्ट साँचो नै हो। यसमा कहाँ फरक परेको भन्ने समितिले औँल्याएको छ।’

श्रेष्ठका अनुसार कतिपय संख्या भने सेनामा भएको मन्त्रालयको तथ्यांकमा र मन्त्रालयमा भएको रेकर्ड सेनाको रेकर्डमा नदेखिएको पनि थियो। समितिले प्रतिवदेन बुझाएपछि भने यकिन तथ्यांक आएको र त्यही अनुसार कोरोना संक्रमित मृतकको तथ्यांक अद्यावधिक हुने श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्