• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

दिल्लीलाई फेरि प्ले अफबाटै आउट हुने डर

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २३, २०७७  १७:१९
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आइतबार (आज) राति दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ। फाइनलको सपना देखेको दिल्लीको लागि आज पनि हैदरावाद तगारो बन्न सक्छ।
दिल्ली असन्तुलित टिम हो। कुनै कुनै खेलमा फराकिलो जित निकाल्ने दिल्ली कुनै खेलमा भने नराम्ररी पराजित हुँदै आएको पनि छ।

कमजोर टिम नभएपनि दिल्लीका खेलाडीमा परिपक्वता देखिँदैन। पहिलो क्वालिफायरको खेलमा दिल्ली मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुने क्रममा सुरुवातका तीन ब्याट्सम्यान शून्यमै पेविलियन फर्किए। निकै कमजोर ब्याटिङ देखियो।

मार्क्स स्टोइनिस र अक्षर पटेलले दिल्लीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। नत्र दिल्लीको ब्याट्सम्यान निकै आलोचित हुने ठाउँ प्रशस्तै थियो। जारी आइपिएलमा दिल्लीले सबैभन्दा बढी र सबै भन्दा डर मानेर खेलेको टिम नै मुम्बई हो। मुम्बईसँग दिल्ली तीन खेलमा हार्न पुग्यो। लिग चरणको पहिलो खेलमा ५ विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा ९ विकेटले हारेको थियो।

मुम्बईपछि हैदरावादविरुद्ध दिल्ली कमजोर देखियो। लिग चरणका दुवै खेलमा दिल्ली हैदरावादसँग पराजित भएको छ। हैदरावादविरुद्ध पहिलो खेलमा १५ रनले हारेको दिल्ली दोस्रो खेलमा ८८ रनको फराकिलो हार ब्यहोर्न पुग्यो। लिग चरणको खेलमा लगातार दुई खेलमा हार ब्यहोरेको दिल्ली टिम तेस्रो पटक भने हारको बदला लिने लक्ष्यमा समेत हुनेछ। तर दिल्लीलाई सजिलो भने छैन। पछिल्लो खेलहरुमा दिल्लीको उच्च प्रदर्शन भइरहेको छैन।

ब्याट्सम्यान चेल्दा बलर चलेका छैनन् भने बलर चल्दा ब्याट्सम्यान सस्तैमा समेटिएका छन्। त्यसैले पनि दिल्ली सन्तुलित टिमको रुपमा देखा परेको छैन। दिल्ली जसरी हुन्छ हैदरावादलाई पराजित गर्दै आइपिएलकै इतिहासमा पहिलो पटक फाइनल पुग्न चाहन्छ। तर हैदरावाद बाधक हुन पनि सक्छ।

यसअघि २०१९ को आइपिएलमा दिल्ली प्लेअफको दोस्रो क्वालिफायरबाटै चेन्नाई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो। त्यही दिन आउने त होइन? दिल्ली टिमलाई डर पनि छ।

दिल्लीका मुख्य प्रशिक्षक रिक्की पोन्टिङलाई आइतबार (आज) को खेलमा सबैभन्दा दोधार पर्ने देखिन्छ। प्लेइङ इलाभेनमा बलर छनौटमा उनलाई सकस नपरेपनि ब्याट्सम्यान छनोटमा भने उनलाई अहिलेसम्मकै कठिन पर्ने देखिन्छ। पृथ्वी शो र शिखर धवनकै जोडीले ओपनिङ थाल्ने निश्चित छ। तर अजिंक्या राहानेको सम्भावना भने कम छ। उनी मुम्बईविरुद्ध शुन्यमै आउट भएका थिए।

उनको स्थानमा सिमरन हिटम्यरले खेल्ने सम्भावना छ। यस्तो भएमा ओपनिङमा धवन र पृथ्वी र तेस्रो नम्बरमा कप्तान श्रेयस ऐयर ब्याटिङ गर्न आउने छन्। रिषभ पन्त र मार्कस स्टोइनिस, सिमरन हिटम्यर र अक्षर पटेलले मध्यक्रम र फिनिसिङ लाइन सम्हाल्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

सिमरन टिममा आए भने बलिङतर्फ खेलाडी परिवर्तन हुनेछ। यस्तो भएमा ड्यानियल साम्स टिम बाहिर हुनेछन्। उनको बलिङ तारिफयोग्य पनि भइरहेको छैन। मुम्बईविरुद्ध उनले चार ओभरमा ४४ रन खर्चिएका थिए। रविचन्द्रन अश्विन र अक्षर पटेलले स्पिनरको भूमिका निभाउँदा तीब्र गतिको बलिङमा कागिसो रबाडा, एनरिच नोर्टजे दिल्लीको मुख्य हतियार हुन्।

हैदरावादविरुद्ध पनि सन्दीप लामिछाने खेल्ने सम्भावना लगभग छैन। लिग चरणकै खेलमा सन्दीपमाथि टिमले विश्वास गरेन क्वालिफायरको महत्वपूर्ण खेलमा त झनै विश्वास गर्छ भन्ने ठाउँ छैन।

हैदरावाद पछिल्लो खेलमा निकै शक्तिशाली देखिएको छ। उसले पछिल्लो चार खेलमा जित हात पारेको छ। प्लेअफकै इलिमिनेटरमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको टिम हो, हैदरवाद। बैंग्लोरलाई ६ विकेटले पराजित गरेको थियो। 

डेविड वार्नर, केन विलियम्सन, मनिष पाण्डे, जासन होल्डरजस्ता ब्याट्सम्यान चलेमा दिल्ली धरापमा पर्न सक्छ। हैदरावादको बलिङ पनि उतिकै राम्रो छ। राशिद खान, सन्दीप शर्मा, जासन होल्डर, नटराजन, शाहबाज नदिम लगायत बलर छन्।

दिल्ली र हैदरावादबीचको विजेता टिमले फाइनलमा उपाधिका लागि मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मंगलबार राति हुनेछ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल
सम्बन्धित सामग्री
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । त्... मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युए... मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्