काठमाडौं- नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ११ सय भन्दा बढी पुगेको छ। आइतबार थप २१ जना संक्रमितको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार १ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ४० हजार ०७७ जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।