काठमाडौं–यो साता विदेशमा रहेका थप ५४४ नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघकाअनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन्।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क र अस्ट्रियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ। संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।