काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न ल्याबमा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्रमण भएको पाइएको हो।
२४ घण्टायता काठमाडौंमा १२९४ जना संक्रमित थपिएका छन् भने ललितुरमा १४१ जना र भक्तपुरमा ७७ जना संक्रमित थपिएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
यस्तै थप २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५३ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा हालसम्म १५ लाख २७ हजार ७ सयभन्दा बढीको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।