काठमाडौं- नेपालमा थप २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू शनिबार संक्रमणमुक्त भएको पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख २७ हजार ७ सयभन्दा बढीको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।