काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ४४ जना भेन्टिलेटरमा छन्।
यसैगरी लुम्बिनी प्रदेशमा ६० जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १७ जना भेन्टिलेटरमा र कणर्ाली प्रदेशमा ३ आइसियु उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।