काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३३८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण भएको छ।
यसैगरी शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्तको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।