काठमाडौं- आइपिएलको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सले टस जितेर साविक विजेता मुम्बई इन्डियन्सलाई ब्याटिङको निम्तो दिएको छ।
दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङको फैसला गरेका हुन्। आइपिएलको जारी सिजनमा बेन्चमै सिमित नेपाली स्टार सन्दीप लामिछानेको बिहीबारको खेलमा पनि मौका पाएनन्। दिल्लीले रोयल च्यालन्जर्स बैंग्लोरविरुद्ध उतारेकै टिमलाई निरन्तरता दिएको छ।
दिल्लीबाट पृथ्वी शो, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, डेनियल स्याम्स, अक्षर पटेल, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिक नोर्टजे मैदानमा हुनेछन्।
मुम्बईबाट रोहित शर्मा (कप्तान), क्विन्टन डि कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, किरोन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।