फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसन उपचाररत उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ।
योसँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलव ८ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १३ हजार ३८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ५ सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।