काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३९८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा ११४७ जनालाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।