• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारलाई शिक्षा र स्वास्थ्यमा व्यापार मात्र गर्नु छ, जनतालाई सेवा दिनु छैन : डा केसी

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २०, २०७७  १५:२१
1140x725
फाइल तस्बिर

काठमाडौं- चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले सरकारलाई शिक्षा र स्वास्थ्यमा व्यापार मात्र गर्ने ध्येय भएको तर जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका छन्। सोमबार सर्वनाम थिएटरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै डा केसीले यस्तो आरोप लगाएका हुन्। 

१९औं सत्याग्रहका बेला र त्यसअघि पनि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै उनले निरन्तर खबरदारी आवश्यक रहेको समेत बताए। 

आफूसँग सरकारले गरेको सम्झौताको एक महिना पुग्न लागेको भन्दै डा केसीले तत्काल गर्नुपर्ने कामबारे प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरेका थिए। 

आफूसँग भएका सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षामा नेपालले फड्को मार्ने उनको भनाइ थियो। तसर्थ जनहितका लागि आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह थिए। शिक्षा र स्वास्थ्यमा व्यापार गर्न चाहने सरकारलाई दण्डित आफूहरूको कर्तव्य भएको उनको भनाइ छ।

पटकपटकका सत्याग्रहका बेला डा केसीले नेपाली सञ्चार जगतले खेलेको भूमिकाको पनि प्रशंशा गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ डा केसीको प्रेस विज्ञप्ति

हाम्रो १९औं सत्याग्रहका बेला निरन्तर आफ्नो कर्तव्य पूरा गर्दै जनतालाई सुुसुचित गर्ने तथा सरकारलाई जवाफदेही बनाउने दिशामा नेपालका सञ्चार माध्यमले खेलेको भुमिकालाई सराहना गर्दै सम्पूर्ण पत्रकार तथा सम्पादकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । हामीसँग पछिल्लो सम्झौता भएको अब एक महिना पुग्नै आँटेको छ । सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने तर काम शुरु गरिहाल्नु पर्ने बुँदाहरु छन् । तिनको कार्यान्वयनको प्रक्रिया कहाँ पुग्यो भनेर सरकारलाई ताकेता गर्ने काम पत्रकार मित्रहरुले गरि नै रहनुभएको होला भन्ने हाम्रो विश्वास छ ।

विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन । नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले हामीसित सम्झौता गर्न बाध्य भएको हो । स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच बिस्तारका दिशामा अहिलेसम्म जेजति उपलब्धि भए, हामी सबैको योगदानका कारण त्यो सम्भव भएको हो । अब ती उपलब्धिलाई संस्थागत गर्दै सरकारले हामीसित गरेको सम्झौता कार्यान्वयन गराउनु पनि हामी सबैको कर्तव्य हो । त्यसैले आआफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्न सबै सरोकारवालाहरुलाई अपिल गर्न चाहन्छौं ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्लो सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दुरदराजसम्म स्वास्थ्य सेवा पु¥याउने तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्ने दिशामा नेपालले ठूलो फड्को मार्नेछ । त्यसो नभएमा सरकार गैर–जिम्मेवार मात्रै हैन, संवेदनहीन र जनपीडक सावित हुनेछ जसलाई शिक्षा र स्वास्थ्यमा खाली व्यापार गर्नुछ, जनतालाई सेवा दिनु छैन । त्यो हाम्रो संविधानको समेत मानमर्दन हुनेछ । २०८० फागुनसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज नखुलेमा त्यो चिकित्सा शिक्षा ऐन २०७५ ले गरेको व्यवस्था विपरीत हुनेछ । पदाधिकारी नियुक्तिका लागि विज्ञहरुका समितिले प्रतिवेदन दिइसकेको अवस्थामा अब पनि तिनका आधारमा नयाँ कानुनी व्यवस्था गरेर वस्तुगत आधारमा नियुक्ति नहुने र दलीय भागवण्डामा नियुक्ति हुने हो भने देशका विश्वविद्यालय र प्रतिष्ठानहरु कार्यकर्ता भर्ती केन्द्र भएर धराशायी हुने अहिलेका अवस्था झनै खराब हुनेछ ।

त्यसैले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका कामहरु गरेर यो क्षेत्रका समस्याहरुको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा नागरिकको जीवन–मरणको सवालसित जोडिएको स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा व्यापार मात्रै गर्न चाहने सरकारलाई दण्डित गर्नु हामी सबै नागरिकको कर्तव्य हुनेछ ।

डा गोविन्द केसी
काठमाडौं
२०७७ कार्तिक २०

भिडियो 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १५:२१
  • #डाकेसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर बुधबार, कात्तिक ११, २०८३
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्