काठमाडौं- सन् २०२० को १० महिना (जनवरी देखि अक्टोबर)सम्ममा २ लाख १८ हजार १ सय ७३ जना पर्यटक नेपाल भ्रमण आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को सुरुवाती चरणमा पर्यटक आगमन केही घटेपनि मार्चबाट भने कोरोना महाहारीसँगै नेपाल आउने पर्यटकको संख्या कमी आएको थियो।
सरकारले पनि कोरोना महामारी भएसँगै नेपाल भ्रमणमा आउन भिसा प्रतिबन्ध लगाएको थियो। केही समय अगाडि मात्रै नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा दिन थालिएको छ।
कोरोनाका कारण नेपाल भ्रमणमा आउने विदेशको संख्या ९८ प्रतिशतसम्मले कमी आएको छ।
जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७९ हजार ६ सय ८५ थियो भने फेब्रुअरीमा १ लाख १ हजार ४ सय रहेका थियो। सोही अनुसार मार्चमा ३४ हजार २५ जना विदेशी नेपाल भ्रमणमा आएका थिए। तर, त्यसपछि भने भिसा नै रोकिएको थियो। तर, कुटनीतिक नियोगमार्फत् भिसा लिएर पनि केही पर्यटन नेपाल आएका थिए।
बोर्डका अनुसार अप्रिलमा १३, मेमा ३०, जुनमा १००, जुलाईमा १ सय ९५, अगष्टमा २ सय ६८, सेप्टेम्बरमा ५ सय ८२ र अक्टोबरमा १ हजार ८ सय ७४ विदेशी नेपाल आएका छन्।
तर, सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।