काठमाडौं– सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्।
१५ कार्तिकमा कोरोना संक्रमण देखिएका शाहलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन्। सेती प्रादेशिक कोरोना अस्पतालमा शाह बिहीबार भर्ना भएका हुन्।
संक्रमण देखिएपछि शाह होम आइसोलेसनमा थिए। शाहकी पत्नी लक्ष्मी भट्ट शाहलाई पनि संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।