एजेन्सी–अमेरिकामा राष्ट्रपति चुनाव भएको दिन ९१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। उक्त दिन ९१ हजार ५ सय ३० संक्रमित थपिएका हुन्।
योसँगै अमेरिकामा संक्रमितको संख्या ९४ लाख ८० हजार १ सय ९५ पुगेको छ। अमेरिकामा हालसम्म २ लाख ३३ हजार ६ सय ६३ जनाको मृत्यु भइसकेको छ। यस्तै, चुनावको दिन ३ नोभेम्बरमा १ हजार १ सय ३० जनाको मृत्यु भएको छ।
अमेरिकामा गत साता सरदर दैनिक ८८ हजार १ सय ६८ जनाको संक्रमित थपिएका थिए। यो संख्या २ साताअघिभन्दा ४६ प्रतिशतले बढी हो।
चिसो बढ्दै जाँदा र कोरोना संक्रमण झन् बढ्दै गएपछि विसकन्सिन र टेक्सासमा फिल्ड हस्पिटल खुलेका छन्। इलिनोइस र न्युजर्सीमा व्यवसायका लागि नयाँ प्रतिबन्ध लागू गरिएका छन्। अधिकांश सहरका ग्रामीण काउन्टीहरुमा संक्रमणदर निरन्तर बढिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।