• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा कसरी हुँदैछ कोरोनाको उपचार ?

स्वास्थ्य कार्यालय प्रमुख भन्छन्- कन्ट्याक्ट ट्रेसिङको काममा अन्योल भयो
कमला गुरुङ/सिर्जना खत्री बिहीबार, कात्तिक २०, २०७७  ०७:३३
1140x725
फाइल तस्बिर

काठमाडौं- नेपालमा दैनिक दुई हजार कोरोना संक्रमित भेटिनु अहिले नौलो विषय रहेन। विगत ९ महिनामा कोरोना संक्रमितको संख्या १ लाख ८० हजार नजिक पुगेको छ। 

देशभर हाल ३७ हजार ४ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित छन्। जसमध्ये १३ वटा जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन्। 

कोरोनाको हटस्पट मानिएको काठमाडौंमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित छन्। 

मोरङमा २ हजार ६ सय ६६, ललितपुरमा २ हजार २ सय ६४, सुनसरीमा १ हजार ६ सय २४, चितवनमा १ हजार ४ सय ३६, रुपन्देहीमा १ हजार ३ सय ६०, भक्तपुरमा १ हजार १९ हजार जना सक्रिय संक्रमित छन्। 

यस्तै, झापामा ९ सय ५६, काभ्रेपलाञ्चोकमा ६ सय ८९, मकवानपुरमा ६ सय ६१, नवलपरासी पूर्वमा ५ सय ४६, कास्कीमा १ हजार १ सय ९१ र दाङमा ८ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

संक्रमितको संख्या दैनिक बढिरहँदा व्यवस्थापनको पक्ष स्थानीय तहका लागि प्रमुख चुनौती बनेको छ। कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको पहिचानजस्ता काममा स्वास्थ्य कार्यालयहरुको भूमिका महत्वपूर्ण मानिन्छ। 

जिल्लामा भेटिने नयाँ संक्रमितलाई सम्बन्धित स्थानीय तहको संयोजकको सम्पर्कमा राख्ने काम पनि उनीहरुले नै गर्छन्। तर अधिकांशले हाल कन्ट्याक्ट ट्रेसिङको काम गर्न समस्या भएको, स्थानीय तहसँग समन्वयको अभाव भएको बताएका छन्।

यिनै ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरुसँग स्वास्थ्यखबरले त्यहाँ भइरहेको व्यवस्थापनका विषयमा बुझ्ने प्रयास गरेको छ। के भन्छन् त काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, झापा र रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुखहरु? 

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय तहसँगको समन्वयको अभाव छ : बद्रीबहादुर खड्का, काठमाडौं 


कोरोनाको हटस्पट बनेको जिल्ला हो, काठमाडौं। यहाँ दैनिक एक हजार बढी संक्रमित भेटिने गर्छन्।  

काठमाडौंमा हालसम्म ६५ हजार ७ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित छन्। २ सय ४९ जना संक्रमितको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये ४९ हजार ६ सय ७६ जना उपचारपछि निको भएका छन्। 

कोरोना संक्रमणको जोखिम र संख्या बढीरहँदा स्थानीय तहसँगको समन्वय भने सोचेजति हुन नसकेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का बताउँछन्। उनी भन्छन्, ‘सबै अधिकार स्थानीय तहलाई छ। हामीले समन्वय गर्ने हो तर महानगरपालिकाले राम्रोसँग काम नगर्दा समस्या भएको छ।’

काठमाडौंमा कन्ट्याक्टमा आएका संक्रमितको संख्या नै धेरै भएको उनले बताए। काठमाडौंमा मात्र करिब आठ हजार संक्रमित होम आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ। 

कोरोनाको रोकथाम र उपचारका कामहरु स्वास्थ्यकर्मीको मात्र हो भन्ने मानसिकता महानगरपालिकाको भएको उनले बताए। 

उनले भने, ‘महानगरपालिकाका जुन राजनीतिक पदाधिकारी हुनुहुन्छ छन्, उहाँहरु अरु नगरपालिकाको जस्तो कन्भिन्स हुनुहुन्न। यो काम भनेको स्वास्थ्यको हो भन्ने सोचाइ उहाँहरुको छ।’

काठमाडौं अन्तर्गतका वडाहरुमा कर्मचारीहरुको समेत अभाव भएको उनले बताए। पिसिआर र उपचार शुल्क व्यक्ति स्वयंले गर्ने सरकारको निर्णयपछि आफूहरुलाई कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘पिसिआर र उपचार शुल्क आफैंले गर्ने सरकारको निर्णयपछि कन्ट्याक्ट ट्रेसिङमा हामीलाई समस्या छ। हामीले फोन गरेर परीक्षण गर्न जानूस् है भन्दा रिसाउँछन् पनि।’

काठमाडौंमा कोरोना संक्रमितको उपचारका लागि आइसियु, आइसोलेसन गरी २ हजार ६ सय ६६ शय्याको व्यवस्था गरेको उनले जानकारी दिए। 

कन्ट्याक्ट ट्रेसिङको काम गर्न अन्योल छ : कृष्णबहादुर मिजार, भक्तपुर 


भक्तपुरमा हालसम्म ५ हजार ९ सय ६६ संक्रमित भेटिएका छन्। जसमध्ये ४ हजार ८ सय ७९ जना निको भइसकेका छन् भने ६८ जनाको मृत्यु भएको छ। भक्तपुरमा १ हजार १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

भक्तपुरमा पनि सरकारले गरेको निर्णयका कारण कन्ट्याक्ट ट्रेसिङमा समस्या र अन्योल दुवै भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। 

उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम गर्न अहिले हामीलाई अन्योल छ। मन्त्रालयले कहिले पैसा लिने त कहिले नलिने भन्छ, त्यसैले काम गर्न पनि अन्योल भइरहेको छ।’

जिल्लामा भेटिने नयाँ संक्रमितलाई कार्यालयले स्थानीय तहको स्वास्थ्य संयोजकलाई पठाउने गर्छ र उनीहरुले नै त्यसको व्यवस्थापन गर्छन्। संक्रमितलाई अस्पताल या आइसोलेसनमा राख्नुपरे स्थानीय तहले व्यवस्थापन गर्ने तर अन्यत्र पठाउनु परे आफूहरुले समन्वय गर्ने उनले बताए। 

कन्ट्याक्ट ट‍्रेसिङ तथा संक्रमितको पहिचान गर्ने र ती संक्रमितलाई सम्बन्धित स्थानीय तहका संयोजकलाई हस्तान्तरण गर्ने उनले बताए। हाल स्वास्थ्य कार्यालयबाट ९ जना जनशक्तिलाई यस कामका लागि परिचालन गरेको उनले बताए। 

लक्षण विहीन या हल्का लक्षण भएका संक्रमितलाई कार्यालयले ठिमीको आइसोलेसन सेन्टर, खरिपाटीको आइसोलेसन सेन्टर र भक्तपुरमा भएको केमसीको आइसोलेसन सेन्टरमा राख्दै आएको छ। 

लक्षण भएका संक्रमितलाई भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री अस्पतालमा पठाउने गरेको उनले बताए। उनले भने, ‘लक्षण नभएका र ६० वर्ष कम उमेरका व्यक्ति छन् र घरमा बस्ने व्यवस्था छैन भने मात्र आइसोलेसन सेन्टरमा पठाउँछौं।’

भक्तपुर नगरपालिकाले पनि आफ्नै स्रोतमा ६० शय्या बढीको आइसोलेसन सेन्टर सञ्चालन गरेको गरेको उनले जानकारी दिए। 

सरकारको निर्णयले अन्योलमा छौं : डा खगेश्वर गेलाल, ललितपुर


ललितपुर स्वास्थ्य कार्यालयका प्रमुखको अनुभव र समस्या पनि उस्तै छ। कार्यालय प्रमुख डा खगेश्वर गेलाल भन्छन्, ‘पहिले नयाँ केस आउने बित्तिकै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्न आउनुहोस्, यो अस्पतालमा उपचार गर्न जानुस् भन्थ्यौं, सबै व्यवस्थित थियो। तर अहिले सबै आफैंले गर्नुपर्ने भएकाले भन्न पनि अप्ठ्यारो हुने रहेछ।’

कन्ट्याक्ट ट्रेसिङको काम भए पनि व्यवस्थित रुपमा हुन नसकेको उनी बताउँछन्। फोनबाटै कुन व्यक्ति कस्तो हो भनेर छुट्याउन नसक्ने भएकाले समस्या भएको उनको भनाइ छ। तर पनि सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्ने गरिएको उनले बताए। 

ललितपुरको ६ वटा पालिकामध्ये ४ वटा पालिकामा कुनै समस्या नरहेको उनले बताए। गोदावरी र बागमती नगरपालिका, महाँकाल र कन्ज्योस्योम गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग भइरहेको उनले बताए। 

यी पालिकाहरुमा संक्रमितको संख्या कम भएकाले कन्ट्याक्ट ट्रेसिङको काम यथावत् रुपमा भइरहेको उनले बताए। तर, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने त्यति व्यवस्थित रुपमा काम हुन नसकेको उनी बताउँछन्। 

ललितपुरमा हालसम्म ९ हजार ३ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार ९ सय ८७ जना उपचारपछि निको भएका छन् भने ६३ जनाको मृत्यु भइसकेको छ। यहाँ २ हजार २ सय ६४ जना अझै पनि उपचारमा छन्। 

कोरोनाको उपचारका लागि ललितपुरमा करिब ५ सय शय्या रहेको कार्यालयले जनाएको छ। 

कोरोना नियन्त्रण गर्ने उपायबारे जुट्दै स्वास्थ्य कार्यालय काभ्रे 


काभ्रेपलान्चोकमा हालसम्म १ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्ये १२ सय बढी निको भएर घर फर्किसकेका छन्। मंगलबारसम्मको तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको छ। ६ सय ८९ जना सक्रिय संक्रमित छन्। त्यहाँ १४४ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। 

लक्षण भएका संक्रमितको उपचारका लागि तीन वटा अस्पताललाई जिम्मा दिइएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रशासन अधिकृत डा नरेन्द्रकुमार झाले बताए। लक्षण नभएका संक्रमितका लागि भने कार्यालयले तीन वटा आइसोलेसन सेन्टरको स्थापना गरेको छ। 

झाका अनुसार काभ्रेमा १५ आइसियु सहितको ८२ आइसोलेसन शय्याको व्यवस्था गरिएको छ। काभ्रे कोरोनाको हटस्पट बन्दै गएकाले यसको संक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न निकायमा छलफल अगाडि बढाइएको उनी बताउँछन्। 

रुपन्देहीमा संक्रमितको उपचारका लागि १६ वटा आइसोलेसन सेन्टर
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ६ हजार ५ सय १७ जना संक्रमित भएका छन्। जसमध्ये साढे ४ हजार ७ सय ८८ निको भइसकेका छन्। रुपन्देहीमा हाल १ हजार ३ सय ६० संक्रिय संक्रमित छन्। ७५ जनाको मृत्यु भएको छ।  

रुपन्देहीमा लक्षण भएका संक्रमितको उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल र भैरहवास्थित भीम अस्पतालसँग समन्वय गरिएको स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए।  

उनका अनुसार लक्षण नभएका संक्रमितको उपचार गर्न जिल्लाका विभिन्न ठाउँमा १६ वटा आइसोलेसन सेन्टर निर्माण गरेको छ। केही संक्रमित निजी अस्पतालमा पनि जाने गरेको गिरीले बताए। 

सरकारले होम आइसोलेसनको व्यवस्था गरेसँगै लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्ने गरेको कार्यालयले जनाएको छ। 

आइसीयु र भेन्टिलेटर शय्याको क्षमता बढाउने झापाको योजना
झापामा २ हजार ४ सय ७५ जना कोरोना संक्रमित भर्ना भइसकेका छन्। जसमध्ये मंगलबारसम्म ४६ जनाको मृत्यु भएको छ। १३ सय बढी निको भएर घर फर्किसकेका छन्।  झापामा ९ सय ५६ संक्रमित संक्रमित उपचाररत छन्। झापामा हालसम्म ५५ जना स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेका छन्।  

झापाले सुरुवाती चरण देखि नै लक्षण भएका र नभएका संक्रमितलाई छुट्टा छुट्टै राखेर उपचार गर्दै आएको छ। जटिल खालका संक्रमितहरुलाई मेची अस्पतालमा उपचारको  व्यवस्था गर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेलले जानकारी दिए। 

पौडेलका अनुसार प्रत्येक पालिकामा आइसोलेसन सेन्टर स्थापना गरेको छ। त्यहाँ सामान्य अक्सिजन चाहिने बिरामीको उपचार गरिन्छ भने जटिल खालका बिरामीलाई कार्यालयले मेची अस्पतालमा रिफर गर्दै आएको छ। 

जिल्लामा ५ आइसियु र ५ भेन्टिलेटर सहितको ७५ शय्या आइसोलेसन रहेको कार्यालयले जनाएको छ। जनशक्ति, स्रोत–साधन र शव व्यवस्थापन गर्ने ब्यागको अभाव भएको प्रमुख पौडेलले बताए। चुनौतीका रुपमा रहेको यी समस्या समाधानका लागि पहल भइरहेको उनी बताउँछन्। 

कोरोना संक्रमितको उपचार गर्न आइसियु र भेन्टिलेटर शय्याको क्षमता बढाउने योजना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्