• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नवीन्द्रराज जोशीले सुरु गरे कोरोना जोखिम न्यूनीकरण तथा उपचार सहजीकरण अभियान

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १९, २०७७  १६:४६
1140x725

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए। 

यसका साथै कोरोना संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गरिने समेत जानकारी नेता जोशीले दिए। अभियान सफल बनाउन कार्तिक २४ गतेदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउनेछ। यो सेवा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा २४सै घण्टा उपलब्ध जानकारी नेता जोशीले दिएका छन्।

कोरोना सम्बन्धी जानकारी लिनुपरे बिहान ९८४७३९४४३१ मा, दिउँसो ९८४७३९४८४५ मा र साँझ ९८४७३९४८४६ सम्पर्क गर्न सकिने जानकारी पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ। कोरोना सम्बन्धी कुनै पनि जानकारी आवश्यक परे वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे लाई ९८४७३९४५२० मा र डा. भूपेन्द्र बस्नेतलाई ९८५१०५९४०० फोन गर्न सकिने उल्लेख गरिएको छ। 

कार्यक्रममा नेता जोशीका साथै पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, डा. रविन्द्र पाण्डे, डा. भूपेन्द्र बस्नेत पनि उपस्थित थिए। 

यस्तो छ नेता जोशीले जारी गरेको विज्ञप्ति

पूर्व उद्योगमन्त्री, काठमाडौँ क्षेत्र नं. ८ का पूर्व सांसद् एवम्
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष श्री नवीन्द्रराज जोशीद्वारा सुरु गरिने
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का नागरिक लक्षित चिकित्सकीय परामर्श कार्यक्रम बारे
प्रेस वक्तव्य
आज फेरि पत्रकार साथीहरुलाई तपाइँंहरुले महामारीको बेलामा गर्नु भएको योगदान तथा आमनागरिकको स्वास्थ्य र दैनिक जीवनमा देखिएका कठिनता र समग्र देशका लागि गर्नु भएको चिन्तन तथा क्रियाशीलताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस्तै महामारी संग जुध्न विशेषतः स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अग्रभागमा खटिएर काम गर्ने सबैले देखाउनु भएको प्रतिबद्धता र सक्रियता, जसलाई हामीले अनुभव गरिराखेको छौँ, त्यसका लागि धन्यावाद ज्ञापन गर्दछु । 

कोरोना भाइरसको संक्रमण देशव्यापीरुपमा नै दु्रतगतिमा बढी रहेको छ । काठमाडौँ उपत्यकामा यसको प्रसार अझ तीव्रगतिमा भइराखेको छ । जाडो मौसम सुरु हुन लागेकाले कोरोना भाइरसको प्रसार र यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव अझ धेरै बढ्ने अनुमान विज्ञहरुले गरेका छन् । अतःआगामी दिनमा कोरोनाका कारणले अझ धेरै जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीमा नेपाललाई तयारी गर्ने यथेष्ट समय हुँदाहुँदै पनि सरकारको अकर्मण्यताका कारण नेपालमा संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । जनतालाई राहत नदिइकन गरेको लामो लकडाउनको कारण आमनागरिक संकटको भूमरीमा छन् । प्रत्यक्षरुपमा देशको ३० अर्ब भन्दा बढी खर्च गर्दा पनि जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिंग, आइसोलेसन केन्द्र निर्माण, अस्पताल व्यवस्थापन लगायतका काम नगरेर आर्थिक अनियमितता तथा गुटगत झगडामा यो सरकार अल्मलिएको छ । एकातिर अस्पतालका बेड भरिएका छन्, आइसीयु खाली छैनन्, संक्रमितले उपचार पाउने सम्भावना घट्दै गएको छ भने अर्कोतिर सरकारको गुटगत स्वार्थ र विवादले देश र जनतालाई जोखिम स्थितिमा ल्याएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले देशमा ३ वटा सरकार क्रियाशील छन् । यी तीनै तहका सरकारका अधिकार र जिम्मेवारी संविधानले नै तोकिदिएको छ । यो संविधानको निर्माता मध्येको म पनि एक हुँ । आज महामारीले विकराल रुपमा मानिसहरुलाई आफ्नो चपेटामा लिएको अवस्थामा आमनागरिकले देशमा सरकार विहिन अवस्थाको अनुभूति गर्न विवश छन् । आमनागरिकका समस्यासंग निरन्तर लड्नु पर्ने सरकार आफै लडिरहेको दयनीय अवस्था छ । संक्रामक रोगको महामारीको बेला जनताको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिनु पर्ने सरकार पूर्णतः गैर जिम्मेवार बनेको छ । लोकतन्त्रमा नागरिकलाई यसरी बेवास्ता गर्ने छुट कसैलाई पनि हुँदैन । अतः हामी सरकारलाई खबरदारी गर्दैछौँ ।

कोरोना जस्तो महामारीको नियन्त्रण, व्यवस्थापन र यसले गर्ने क्षतिको न्यूनीकरणमा सरकार जिम्मेदार हुनु पर्ने हो तर सरकार आश्चर्यजनक रुपमा गैरजिम्मेदार र संवेदनहिन देखिएको छ । रोग र भोकबाट जीवन सुरक्षित हुनु पर्ने नागरिकको संवैधानिक अधिकार हो तर हालै सरकारले जारी गरेको “आफ्नो उपचार आफै गर्नु पर्ने” निर्देशनले संविधानको धज्जि उडाएको मात्र छैन आमनागरिकको जीवनलाई नै खतरामा पारिदिएको छ । सरकारी अस्पतालमा शैयाहरु लुकाइएका छन्, पहुँचको भरमा शैयाको सुविधा उपलब्ध गराइएको छ, निजी अस्पतालमा मध्यमवर्ग समेतले उपचार गर्न सक्ने अवस्था छैन र सरकार कोभिडको उपचारको लागि आवश्यक पूर्वाधार र मानवस्रोतको संख्या वृद्धि गर्न अनिच्छुक देखिएको छ । क्वारेन्टाइनको अवस्था दयनीय छ, अस्पतालमा भेन्टिलेटरको अभावमा मानिसले जीवन गुमाउनु परिरहेको छ । आमनागिरिकले चिकित्सकको निगरानीमा उपचार पाउने सम्भावना क्षीण बन्दै गएको छ । गरिब नागरिकले बर्षौंदेखि निःशुल्क उपचार पाएका सरकारी अस्पतालमा समेत धरौटी राखी महङ्गो शुल्क तिर्नु पर्ने, परीक्षणको शुल्क लिने तथा होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने जस्ता क्रुर तथा निर्दयी निर्णय गरेर सरकार दायित्वबाट पन्छिएको छ ।

विगत ७ महिनादेखिको लकडाउनले आर्थिक शिथिलता आई जनताको रोजगारी गुमेको छ, व्यवसाय बन्द भएको छ, महङ्गीले आकास छोएको छ र दैनिक ज्यालादारीका सबै काम ठप्प भई रोग र भोकबाट जनता छट्पटिएका छन् । आमनागरिकको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको छ, यो ज्यादै चिन्ताजनक विषय हो तर मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूलजिम्मेवारी बोकेको सरकार पूर्णतः उदासीन देखिएको छ । जनताले भोग्नु परेका पीडाप्रति सरकारको यस्तो रवैया देखिनु विडम्वनापूर्ण अवस्था हो । केही उदार दाताहरुको पहलमा काठमाडौँको टुँडीखेलमा खुवाउँदै आएको खाना सडक फोहर हुन्छ र सरकारको बेइज्जत हुन्छ भन्ने हास्यास्पद तर्क दिएर का.म.न.पा.का मेयरको ठाडो आदेशमा बन्द गरिएको छ । यो घटनाले पनि सरकार कुन हद सम्म गैरजिम्मेदार र संवेदनाशून्य छ भन्ने स्पष्ट पार्दछ । सरकारका यी रवैया भत्र्सना योग्य छन् । यो संकटको घडीमा आमनागरिकलाई राहत र सहुलियत प्रदान नगर्नु तथा सम्पूर्ण उपचारको जिम्मा नलिनु संविधान, लोकतन्त्र, जनस्वास्थ्य, मानवता र लोक कल्याणकारी राज्यको विरुद्ध हो ।

अतः सरकारका यी र अन्य धेरै यस्ता गैर संवैधानिक र गैर मानवीय क्रियाकलापका विरुद्ध सशक्त आवाज उठाउँदै र आ–आफ्नो ठाउँबाट सुरक्षाका उपायहरु अवलम्बन गर्दै आफ्नो घर, परिवार र समाजमा कोरोनाको प्रसार नियन्त्रण गर्न तथा कोभिड–१९ को प्रभाव कम गर्न योगदान गर्नु हाम्रो पनि अहिलेको सामाजिक दायित्व हो । अहिले अवस्था यति गम्भीर भइसकेको छ कि अब सरकारको मात्र मुख हेरेर बस्नु घातक हुने देखिएको छ । तसर्थ आम जनता, नागरिक समाज, सम्पूर्ण राजनीतिक दल तथा हरेक तह र तप्काले सरकारलाई दवाव दिनुको साथै आफै पनि सक्रिय हुनुको विकल्प छैन ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समस्यको यो गाम्भीर्यतालाई मनन गरी सर्वमान्य नेता गणेशमान सिंहज्यूको १०६ औँ जन्मजयन्तीको अवसर पारेर यो अवस्थामा आफ्नो सामाजिक दायित्व महसुस गर्दै काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ का नागरिक लक्षित निम्न कार्य गर्न गर्न लागेको जानकारी गराउन चाहन्छु । साधन र स्रोतको सीमितताले गर्दा यसपटक काठमाडौँ क्षेत्र नं. ८ मा मात्र सीमित हुनु पर्ने बाध्यता मलाई छ । यसैगरी सबै  निर्वाचित जनप्रतिनिधिहरु तथा नेपाली कांग्रेसका जिम्मेदार साथीहरुलाई आ–आफ्नो क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न म अपिल गर्दछु ।

१) पम्पलेट, मास्क र औषधि वितरण:  सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीको दिन अर्थात् कार्तिक २४ गते सोमबारदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने छौँ ।

२) चिकित्सकीय परामर्श: कार्तिक २४ गते सोमबारदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गर्नेछौँ । यो सेवा बिहान, दिउसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध हुनेछ । आवश्यक परेका व्यक्तिले प्रत्येक सिफ्टका लागि उपलब्ध गराइएका फोन नम्बरमा फोन गरेर आइसोलेसनमा बस्नु पर्ने वा कुनै पनि लक्षण या समस्याका बारेमा सल्लाह र सुझाव लिन सक्ने छन् । यो टेलिसेन्टरमा दुईजना वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा. भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००)को पनि सहयोग (ब्याकअप) रहने छ ।
सिफ्ट    फोन नं.
विहान    ९८४७३९४४३१
दिउसो    ९८४७३९४८४५
साँझ    ९८४७३९४८४६
३) अक्सिमिटर वितरण: मूलतः संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकोले आवश्यक परेका तर आफै किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराउने छौँ । यसका लागि हाम्रा परामर्शदाता वा नेपाली कांग्रेस एकाइ सभापति वा श्री सुदर्शनमान सिंहलाई फोन गरेर प्राप्त गर्न सक्नु हुनेछ । यसरी अक्सिमिटर लिएकाहरुले काम सकिई सकेपछि अरु कुनै आवश्यक परेको घरमा दिएर वा जो संग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गर्दछौँ । आवश्यकता भएसम्म घरैमा राखेर परिवारले पनि प्रयोग गर्न सक्नु हुनेछ ।

४) आइसोलेसनमा बस्नेहरुको रेकर्ड राख्ने: हामीले आइसोलेसनमा बस्ने मानिसहरुको रेकर्ड राख्ने प्रयास गर्ने छौँ । यसका लागि सरकार र परिवारसंग आइसोलेसनमा बसेकाहरुको लिस्ट उपलब्ध गराउन अनुरोध गर्दछौं ।

५) एम्बुलेन्स प्रयोगका लागि सहजीकरण: कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल जान या हाम्रा परामर्शदाताले स्वास्थ्य समस्या देखिएको व्यक्तिलाई अस्पताल जान सल्लाह दिएमा तत्काल अस्पताल जान सुझाव दिन्छौँ । यस सम्बन्धमा नेपाल एम्बुलेन्स सेवासंग आवश्यक छलफल भएको र वहाँहरुले तत्काल सेवा दिने विश्वास दिलाएको जानकारी गराउँदछौँ ।
यसबाहेक हामी सरकारसंग निम्न कार्य यथाशीघ्र गर्न जोडदार माग गर्दछौँ ।

•    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अग्रपंक्तिमा कार्यरतहरुलाई जोखिम भत्ता उपलब्ध गराउन
•    श्वासप्रश्वास सम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न
•    निशुल्क परीक्षणको व्यवस्था तत्काल पुनर्वहाली गर्न

माथि उल्लेखित कार्य गर्नका लागि स्वयंसेवकहरुको आवश्यकता पर्ने भएकोले स्वयंसेवा गर्न इच्छुक चिकित्सक, स्वास्थ्यकार्यकर्ता तथा अन्य महानुभावहरुले मलाई व्यक्तिगत रुपमा ९८५१०३२०९७ मा वा सुदर्शनमान सिंहलाई ९८५१०३२५८९ मा सम्पर्क गर्न अनुरोध गर्दछु ।
जय नेपाल !                                                                     
नवीन्द्रराज जोशी, संविधान सभा सदस्य
अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान
पूर्व उद्योगमन्त्री एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मितिः १९ कार्तिक, २०७७

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्