काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९११ पुगेको छ।
आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। आज देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३४ जना संक्रमितको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।