काठमाडौँ- संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रसारण गर्न संचारमाध्यमलाई आग्रह गरेका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन संचार माध्यमले विशेष भूमिका निर्वाह गर्नु पर्ने स्पष्ट पारे।
मंगलबार नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रिय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन्।
‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भने, ‘राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।